काठमाडौं – विवेकशील साझा पार्टीका वरिष्ठ नेता पुरुषोत्तम ढुंगेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। विगतमा काठमाडौं-१ प्रदेश सभा निर्वाचनका उम्मेदवार रहेका ढुंगेलले राप्रपाको नीति, विचार, र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै देशको शान्ति, समृद्धि, र स्थायित्वका लागि यही दल उपयुक्त रहेको निष्कर्षसहित पार्टीमा समाहित भएको घोषणा गरे।
ढुंगेललाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै औपचारिक सदस्यता प्रदान गरे। सोही अवसरमा हिमालय कलेजकी सञ्चालिका तथा प्याब्सनकी केन्द्रीय उपाध्यक्ष संगीता सिलवाल, सामाजिक क्षेत्रमा संलग्न विवेक पंगेनी, साथै चार्टर्ड एकाउन्टेन्सी अध्ययनरत समीक्षा अर्याललाई पनि पार्टी सदस्यता दिइएको छ।
राप्रपाले हाल “पार्टी प्रवेश वर्ष २०८१” घोषणा गर्दै मुलुकभर सदस्यता अभियान सञ्चालन गरिरहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया