एजेन्सी । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ को सीमाक्षेत्रमा शनिबार साँझ भीषण आगलागी भएको छ। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन भने प्रहरी प्रशासनले यसबारे अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रयागराजका एडीजी भानु भास्करका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको रिपोर्ट प्राप्त भएको छैन्। उनले घटनाबारे स्पष्ट पार्दै भने, – “सेक्टर १८ र १९ को बीचमा अवस्थित अयोध्या लव-कुश धाममा आगलागी भएको हो। यस धाममार्फत तीर्थयात्रीहरूलाई सेवा प्रदान गरिँदै आएको थियो।”

advertisement

आगो लाग्ने बित्तिकै सूचना प्राप्त हुनासाथ दमकल र आपतकालीन सेवा टोली पाँच मिनेटमै घटनास्थलमा पुगेको भास्करले जानकारी दिए।

आगलागीको कारण बारे अनुसन्धान भईरहेको स्थानिय प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com