काठमाडौं – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको आकस्मिक आगलागीमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्। शनिबार दिउँसो भएको घटनामा हाइड्रोजन ग्यास भरेको बेलुनमा फायर क्यान्डिलको झिल्का पर्दा आगलागी भएको थियो।

घटनापछि दुबै नेतालाई तत्काल पोखरामै प्रारम्भिक उपचार प्रदान गरिएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ। हाल उनीहरूलाई अस्पतालको आईसीयूमा राखेर विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

advertisement

बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार अर्थमन्त्री पौडेलको अनुहार, दुवै हात र घाँटीको बाहिरी भाग जलेको छ भने मेयर आचार्यको अनुहार, घाँटी र देब्रे हातमा जलन देखिएको छ। प्रारम्भिक परीक्षणमा दुवैजनाको शरीरको ५–६ प्रतिशत भाग जलेको पुष्टि भएको छ।

डा. नकर्मीले घाइतेहरूको अवस्था गम्भीर नभए पनि संवेदनशील रहेको बताएका छन्। “हाल उहाँहरूलाई उच्च निगरानीमा राखिएको छ। यस्तो जलनमा प्रारम्भिक रूपमा हल्का देखिए पनि पछि श्वासनलीमा समस्या आउन सक्ने जोखिम रहन्छ, त्यसैले तीन–चार दिन विशेष निगरानी आवश्यक हुन्छ,” उनले भने। विशेष गरी अनुहारको भाग जलेकाले उपचार थप संवेदनशील रहेको चिकित्सकहरूले बताएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com