काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा उनकी पत्नी अञ्जना केसी थापाले भारतको प्रयागराजमा आयोजित महाकुम्भ मेलामा पवित्र स्नान गरेका छन्।

प्राचीन धार्मिक परम्पराअनुसार गंगा, यमुना तथा अदृश्य सरस्वती नदीको संगमस्थलमा आयोजित महाकुम्भ महोत्सवमा सहभागी हुँदै, थापा दम्पतीले श्रद्धापूर्वक स्नान गरेका हुन्।

advertisement

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत स्नानका तस्बिरहरू साझा गर्दै लेखेका छन्, “महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।”

१४४ वर्षपछि आयोजना भएको यस भव्य महाकुम्भ महोत्सवमा लाखौं तीर्थालुहरूको सहभागिता रहेको छ। धार्मिक आस्थाका साथ साधुसन्त, तपस्वी तथा भक्तजनहरूको ठूलो भीड लागेको छ। विशेष गरी माघी पूर्णिमाको अवसरमा मात्र करिब दुई करोड श्रद्धालुहरूले महास्नान गरेका छन्।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com