काठमाडौं । प्रसारणमा छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ मा चर्चित हास्य अभिनेता मनोज गजुरेलको प्रवेश भएको छ। कमेडी दरबार टिमले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो।

महाराजाको भूमिकामा देखिँदै आएका अभिनेता विजय बरालको ठाउँमा मनोजलाई ल्याइएको हो। विजय अब आगामी एउटा एपिसोडमा मात्र देखिनेछन्। २७ एपिसोडबाट दर्शकले मनोजलाई शोमा देख्न पाउनेछन्।

advertisement

त्यस्तै, ‘कमेडी दरबार’ को होस्ट पनि परिवर्तन गरिएको छ। यसअघि पूर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्दै आएकी थिइन्। अब शोका निर्देशक विक्की अगरवाल स्वयंमले सजिना खनालसँग मिलेर होस्ट गर्नेछन्। सजिना मिस सुप्रा नेसनल २०२४ की विजेता हुन्।

शोलाई विक्की र श्रद्धा प्रसाईले निर्देशन गर्दै आएका छन्। महारानीको भूमिकामा गौरी मल्ल छिन्। पर्फमरका रूपमा थुप्रै कलाकारहरूको प्रस्तुति रहँदै आएको छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com