काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले पत्रकारहरुले पुर्वाग्रह भएर प्रश्न सोधेको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको आरोप लगाए ।

advertisement

हिजो संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो’ भनेर प्रश्न गरेको र आफूलाई भने ‘तपाईँ हनुमान हो’ भनेर सोधिएको उनले बताए ।

‘कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म आफैंले पनि भोगेको र हिजो सम्मानीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति मेरो ध्यानाकार्षण भएको छ । प्रधानमन्त्रीज्यू प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा ‘तपाईँ हिटलर हो’ भनेर प्रश्न गरियो । नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ? संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमारिपोर्टिङमा आएका पत्रकार साथीहरुले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?’ प्रश्न गर्दैै उनले भने, ‘यो मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम यो व्यवस्थित गरियोस् भन्ने म अनुरोध गर्न चाहन्छु । मलाई नै एक जना मिडियाकर्मीले बुम तेर्स्याएर तपाईँ हनुमान हो ? भनेर प्रश्न गर्नुभयो । सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकार्षण गराउन चाहन्छु ।’

 

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com