काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै शाहले राष्ट्रहितका लागि आफूले गरेको त्यागलाई कमजोरी नठान्न चेतावनी दिएपछि नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्।

advertisement

‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन् गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होइबक्सेछ’, उनले भनेका छन्, ‘समस्या डेमोक्रेसी होइन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन। बुट पोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन।’

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com