काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’ काे संज्ञा दिँदै रद्द गर्ने निर्णयबारे जानकारी गराएका छन्। हालैको एक भाषणमा ट्रम्पले नेपालको संघीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर राेकिएकाे जानकारी गराएका हुन्।

यो निर्णय अर्बपति एलन मस्कको नेतृत्वमा गठन भएको सरकारी कार्यक्षमता विभाग (डिओजीइ) को सिफारिसमा आधारित छ, जसले विश्वभरि अमेरिकी सहायता पुनरावलोकन गरिरहेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो भाषणमा भने, ‘यी तथ्याङ्कहरू सुन्नुहोस्। यो सबै ठगी हो। नेपालमा जैविक विविधता संरक्षणको लागि १९ मिलियन डलर।’

advertisement

उनले अन्य देशहरूलाई दिइने सहायतालाई पनि समान रूपमा आलोचना गरेका छन्। साे अवसरमा उनले भारतलाई मतदान प्रतिशत वृद्धिका लागि दिइने २ करोड १० लाख डलरको सहायता रोक्ने निर्णयको बचाउ गर्दै भने, ‘हामी भारतलाई किन यति धेरै पैसा दिइरहेका छौं? उनीहरूसँग आफ्नै धेरै पैसा छ।’

डिओजीइले यसअघि नै नेपालको संघीयता सुदृढीकरण र जैविक विविधता संरक्षणका लागि कुल ३ करोड ९० लाख डलरको सहायता रद्द गरिसकेको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com