काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा केबलकार बनाउने बिषयमा नेकपा (एमाले) ले निकै चासो देखाएको छ। केबलकार बनाउने बिषयले पाथिभरा आक्रान्त बनिरहेकै बेला सरकारकै नेतृत्व गरिरहेको दल एमालेका नेताहरु नै गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका छन् । जसबाट पनि व्यापारी चन्द्र ढकालप्रति एमालेको मोह प्रष्ट देखिन्छ ।

यसैबीच हिजो पाथीभरामा भएको झडपलाई अझै आक्रोशित बनाउने गरी महासचिव शंकर पोख्रेलले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केवलुकारको बाहिरले असहमति राखेर विथोल्न खोज्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।

advertisement

उनले ताप्लेजुङवासी आफ्नो जिल्लामा प्रसिद्ध पाथीभरालाई मुलुककै प्रमुख धार्मिक तथा सांस्कृति पर्यटकीय गन्तव्य बनाउने सोचका साथ अघि बढेको दाबी गरेका हुन् ।

पाथीभरामा केबलकार निर्माण पक्ष र आन्दोनलकारीबीच झडप भएपछि पोख्रेलले यस्तो धारणा आएको हो ।

‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथिभरालाई मुलुकै प्रमुख धार्मिक तथा साँस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केवलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर विथोल्न खोज्नु राम्रो होइन ।’ उनले भनेका छन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com