काठमाडौं– नेपाल पत्रकार महासङ्घले ताप्लेजुङमा अवस्थित पाथीभरा (मुकुम्लुङ ) केबलकार परियोजना र नो केबलकार समूहबीच भइरहेका विकासक्रमहरूको बारेमा समाचार प्रसारणको सम्बन्धमा आएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानद्वारा ग्यारेन्टी गरिएको पत्रकारहरूको निर्बाध प्रेस स्वतन्त्रताको उपभोग गर्ने अधिकारको सम्मान गर्नु प्रत्येक पक्षको जिम्मेवारी भएको उल्लेख गरेका छन्।

advertisement

कुनै पनि पक्ष लिई वा त्यस्तो बहाना बनाएर पत्रकारसँग दुर्व्यवहार गर्नु र अनावश्यक दबाब दिनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप भएको उल्लेख गर्दै महासङ्घले उक्त कार्यप्रति खेद व्यक्त गरेको छ।

महासङ्घले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारहरूलाई समाचार सङ्कलन र सम्प्रेषण गर्न सहज वातावरण प्रदान गर्न महासङ्घले सम्बन्धित पक्षहरूको ध्यानाकर्षण समेत गराएको छ ।

महासङ्घले अहिले भइरहेका घटनालाई सन्दर्भित गर्दै पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्न र पत्रकार आचारसंहिताको दायरा भित्र रहेर तथ्यपरक, निष्पक्ष र मर्यादित समाचार र सूचना प्रदान गर्न सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: १० फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com