काठमाडौं । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
शनिबार भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) अनुसार निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आज ( आइतबार) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
आदेश उल्लंघन गर्ने वा पालनामा अवरोध गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया