पोखरा – सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

कास्की जिल्लाको पोखरामा स्थित सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा तालिमरत इन्स्पेक्टर महत महिलाहरूको शौचालयको नजिक झुण्डिएको अवस्थामा मृत अवस्थामा भेटिइन्।

advertisement

सिन्धुपाल्चोक जिल्ला निवासी महत यसै वर्ष निरीक्षकको पदमा भर्ती भई आधारभूत तालिममा सहभागिता जनाइरहेकी थिइन्। महत सशस्त्र प्रहरीमा ९ वर्षदेखि कार्यरत थिइन्। उनी जवानको रूपमा सेवा गर्दै गर्दा २०७८ सालमा सहायक निरीक्षकको पदमा पदोन्नति प्राप्त गरिसकेकी थिइन् र २०८१ मा निरीक्षकको पदमा चयन भइ तालिममा सहभागि थिइन्।

घटनाको बारेमा अनुसन्धान प्रक्रिया सुरु भएको छ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com