काठामाडौं । ताप्लेजुङको प्रसिद्द धार्मिक स्थल पाथीभरा क्षेत्रमा निजी कम्पनीले निर्माण गर्न लागेको केबलकारका बिषयमा एमाले नेतृत्वको सरकारनै किन बलजफ्ती गर्दैछ भन्ने रहस्य बाहिरिएको छ।
एमाले नेता तथा सांसद योगेश भट्टराई (श्रीमतीको नाममा), इश्वरी पौडेल लगायतका व्यक्ति मिलेर काफ्लेपाटीमा बन्न लागेको केवलकार स्टेसनमा सो कुरा बाहिर आउनुभन्दा केही समय पहिले २४ लाखमा जग्गा खरिद गरे । पाथिभरामा केवलकार बनाउन साथ दिने र सहयोग गर्ने सर्तमा केहि समयपछि उक्त जग्गा व्यापारी चन्द्र ढकालको निजी कम्पनीलाई ३६ करोडमा बिक्री गरेको तथ्य पाथिभरा संरक्षण समितिका सदस्य पृथ्वी लिम्बुले पत्रकार ऋषि धमला सँगको रेडियो अन्तरवार्तामा बताएका छन् । यसरी पाथीभरामा जुनसुनै हालतमा केबलकार बनाएरै छाडने एमाले सांसद योगेश भट्टाराईको अडान र ओली नेतृत्वको सरकारले ताप्लेजुङमा देखाएको बर्बर दमनले समेत राजनिती नेतृत्व र विबादित व्यापारी ढकाल बिच ठुलै साँठगांठ रहेको देखाएको छ।
उक्त तथ्यबाट पनि एमाले सांसद भट्टराई र सरकारको नेतृत्व गरिरहेको एमालेनै पाथिभरामा केबलकार बनाएरै छाड्ने र केबलकार परियोजनामार्फत् अस्वाभाविक व्यापार गर्ने दाउमा छन् भन्ने देखिएको छ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा उत्पन्न भएको विवादले पूर्वी नेपाल महिनौंदेखि अशान्त छ। पाथीभरामा केबलकार बनाउन नहुने माग गर्दै आएको (‘नो केबलकार’) पक्षदेखि देशभरका सांसदहरुले समेत पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न माग गरिरहेका छन्। तर, उक्त क्षेत्रमा केबलकार बनाएरै छाड्ने व्यापारी चन्द्र प्रसाद ढकालको बलजफ्तीका कारण मुक्कुम्लुङ तनावग्रस्त बनेको छ।
केहि दिनअघि सरकार र मुकुम्लुङ बचाउ अभियान (‘नो केबलकार’) पक्षबीच भएको ६ बुंदे सम्झौता विपरित निर्माण कार्य पुन: संचालन गरेपछि केबलकार निर्माणको विरोधमा स्थानीय जनता र सभ्यता बचाऊ अभियानको दोश्रो चरणकोआन्दोलन चर्किएको छ।
पछिल्लो केहिदिन यता पाथीभरा क्षेत्रमा भएको सरकारको ज्यादतीलाई स्थानीयले राज्य आतंकको संज्ञा दिएका छन्। स्थानीय जनताले नै उक्त क्षेत्रमा केबलकार बन्न हुन्न भन्ने तथ्यसहित मुक्कुम्लुङको सभ्यता बचाइराख्न आग्रह गर्दासमेत केपी शर्मा ओली नेतृत्वको सरकार आँफै निजी परियोजनामा किन बलजफ्ती गरिरहेको छ भन्ने शंका उत्पन्न भएको बेला एमाले सांसद तथा पुर्व मन्त्री योगेश भट्टराई पत्नी समेतको २४ लाख पर्ने जग्गा ३६ करोडमा ढकालले किनिदिएको कुरा सार्वजनिक भएको छ। तर, यस विषयमा सांसद भट्टराईले भने अस्विकार गरेका छन्।
यता, राज्यसत्ताको चरम दुरुपयोग गरी शक्तिसाली एवं प्रसिद्द तिर्थस्थलमा धार्मिक पद्दति र परम्पराको समेत धज्जी उडाउँदै स्थानीयको सहमति बिना जबर्जस्ती परियोजना अघि बढाउन खोजिएपछि सरकार नागरिकको कि व्यापारी चन्द्र ढकालको भन्ने प्रश्न उब्जाएको छ।
आफ्ना माग राख्ने जनतामाथि सरकार बर्बर रुपमा प्रस्तुत भएपछि कतिपय सांसदहरुले यो बिकास परियोजना नभई केही ठूला राजनीतिक तथा व्यावसायिक घोटालाको सिलशिला भएको जिकिर समेत गरेका छन्।
यस विषयमा थप बुझ्न हामीले चन्द्र ढकाललाई बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार












प्रतिक्रिया