मोरङ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले एमालेबाहेक अन्य कोही पार्टीले देशको विकास गर्न नसक्ने दाबी गरेका छन्। शनिवार एमाले मोरङको जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन्।

‘नेपाली कांग्रेस क्रान्तिकारी पार्टी हो? उसको इतिहासले देखाउँदैन,’ उपाध्यक्ष थापाले भने, ‘नेकपा माओवादी केन्द्र नेपालको अवस्थालाई बदल्ने पार्टी हो ? होइन । उसको नीतिले, विचारले र नेतृत्वले यो कुरालाई पुष्टि गर्दैन।’ उनले यी सबै पार्टी अस्थिरतावादी, अवसरवादी रहेको दाबी गरे।

advertisement

‘यिनले नेपालको अवस्था बदल्न सक्दैनन् । नेपालमा समाजवाद स्थापना गर्न सक्दैनन्’, थापाले अगाडि भने। राजावादी, सामन्तवादी विचार बोक्ने र नयाँ भनेर खुलेका पार्टीले समेत अहिलेको नेपालको अवस्थालाई बदल्न नसक्ने उनले दाबी गरे।

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com