काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा ‘हिटलर’ हो भनेर प्रश्न सोध्ने दुई पत्रकारको संसद प्रवेश पास निलम्बन गरिएको छ।

संघीय संसद सचिवालयले संसद भवन प्रवेशका लागि जारी गरेको पास एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। महासचिवस्तरीय निर्णयअनुसार ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोर कुमार श्रेष्ठलाई संसद भवन प्रवेशमा रोक लगाइएको छ।

advertisement

सचिवालयले उनीहरूलाई बुधबारसम्म पास फिर्ता गर्न आग्रह गरेको छ। फागुन ४ गते, संसद भवनबाट बाहिरिने क्रममा युट्युबरहरूले प्रधानमन्त्रीलाई ‘तानाशाह’ र ‘हिटलर’ भनेका थिए।

उक्त घटनाप्रति सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्य थापाले फागुन ५ गतेको संसद बैठकमा ध्यानाकर्षण गराएका थिए। त्यसपछि सचिवालयले उनीहरूको पास निलम्बन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com