काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताएका छन्।

बुधबार तनहुँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खड्काले सरकारले कुनै कर्मचारी हटाउने वा राख्ने निर्णय आवश्यकताअनुसार गर्ने बताए। उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ? सरकारलाई आवश्यक परेको बेला हटाउन सक्छ, आवश्यकताअनुसार राख्न पनि सक्छ।’

advertisement

नेपाल विद्युत् प्राधिकरणको कार्यसम्पादन मूल्याङ्कनमा कुलमान घिसिङलाई शून्य अंक किन दिइयो भन्ने प्रश्नमा मन्त्री खड्काले स्पष्ट पार्दै भने, ‘विद्यार्थी परीक्षा दिन उपस्थित नभए जस्तै यहाँ पनि त्यही भएको हो। समयमै कार्यसम्पादन विवरण नबुझाएकाले उहाँले मूल्याङ्कनमा अंक प्राप्त गर्न सक्नुभएन।’

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com