काठमाडौं । काठमाडौं महानगरपालिकाले अब गौशाला धर्मशालाको सञ्चालन गर्न नपाउने भएको छ।
उच्च अदालत पाटनले पशुपति विकास कोष र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौता खारेज गर्दै धर्मशालाको सञ्चालन पुनः मारवाडी सेवा समितिलाई दिन आदेश जारी गरेको छ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशालाको व्यवस्थापन पहिलेकै सञ्चालक अर्थात् मारवाडी सेवा समितिले नै गर्नुपर्ने ठहर गरेको हो।
यसअघि, पशुपति विकास कोषले मारवाडी सेवा समितिको अधिकार खोसेर गत असोजमा काठमाडौं महानगरसँग धर्मशाला सञ्चालन गर्न सम्झौता गरेको थियो। सो सम्झौतापछि महानगर र कोषले धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने प्रयास गरेका थिए।
कोषको यो निर्णयविरुद्ध मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। अदालतको आदेशसँगै अब गौशाला धर्मशालाको सञ्चालन पुनः मारवाडी सेवा समितिकै हातमा रहने भएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया