काठमाडौं । पार्टीको तराई–मधेश जागरण अभियानअन्तर्गत रौतहटको लौकहीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तौल बराबरको लड्डु बाड्ने कार्यक्रम अस्वीकार गरेका छन् । आज (शनिबार) लौकहीमा आयोजित समारोहका बीच त्यहाँ प्रचण्डको तौल बराबरकै लड्डु बाँड्ने तयारी गरिएको थियो । तर, प्रचण्डले त्यसो गर्न राम्रो नहुने भन्दै सो कार्यक्रम अस्वीकार गरेका हुन् ।

कार्यक्रमको अन्तिममा उपस्थितहरुलाई जानकारी गराउँदै प्रचण्ड आफैंले भने, ‘साथीहरुले मलाई हिजो पनि भन्नु भएको थियो लड्डु बाँड्ने कार्यक्रम भनेर । साथीहरुले बडो नयाँ ढंगले सोचेर यहाँ एकछिन अगाडि तराजु राख्नु भएको थियो । मलाई त्यो तराजुमा जोख्ने, अनि मेरो तौल बराबरको लड्डु बाँड्ने । मैले त्यसलाई यसो गर्न हुँदैन, यसले राम्रो हुँदैन भनेर रोकेँ । तर मैले के रोकेको होईन भने जनताको लड्डु खान पाउने अवसरलाई रोकेको होईन ।’

advertisement

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com