काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा फोहर भएको र भौतिम संरचनामा क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिबाना तिराउने पत्र काटेको थियो ।
राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार













प्रतिक्रिया