काठमाडौं – नेपालको गणतन्त्र र संविधानको रक्षा गर्न नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।

सोमबार सम्पन्न पदाधिकारी बैठकमा गणतन्त्र पक्षधर शक्तिहरूलाई एकत्रित गर्दै प्रदर्शन गर्ने छलफल भएको हो। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल का अनुसार प्रदर्शनको मिति तय गर्न मंगलबार अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्नेछ।

advertisement

“हामीले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरिसकेका छौं,” पौडेलले भने, “तर कहिले र कसरी भन्ने टुंगो लाग्न बाँकी छ। सोमबार समाजवादी मोर्चाको बैठकमा छलफल हुन्छ, त्यसपछि भोलि पुनः पदाधिकारी बैठक बसेर अन्तिम निर्णय लिनेछौं।”

बैठकमा आइतबार काठमाडौंमा राजावादी समूहले गरेको प्रदर्शनको समीक्षा गरिएको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा गणतन्त्र स्थापनामा माओवादीको नेतृत्व रहेको उल्लेख गर्दै यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै रहेको स्पष्ट पारे।

माओवादी केन्द्रले आगामी प्रदर्शनलाई गणतन्त्र र संविधान बचाउने अभियानका रूपमा लिने जनाएको छ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com