काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दुई महिना काठमाडौंका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

हिजो (आइतबार)देखि लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरिएको हो। प्रशासनले निषेधित क्षेत्रभित्र पाँच जना भन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न नपाउने आदेश दिएको छ।

advertisement

निषेधाज्ञा लागु हुने स्थानहरूमा राष्ट्रपति भवन (शीतल निवास) महाराजगञ्ज, उपराष्ट्रपति कार्यालय (हरितगृह) लैनचौर, सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, र संसद भवन नयाँ बानेश्वर क्षेत्र समावेश छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com