धनगढी – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन निवासबाट कुनै पनि बेला हटाउन सकिने बताएका छन्।

सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले पूर्वराजाको गतिविधिबाट आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारे।

advertisement

उनले आफूले नै पूर्वराजालाई नारायणहिटी दरबारबाट बिदा गरेको स्मरण गर्दै, सरकारले चाहे जुनसुकै बेला नागार्जुनबाट पनि हटाउन सक्ने चेतावनी दिए। सिटौलाले भने, “मैले नै बिदाइ गरेको हुँ, राम्ररी सम्झाएको पनि थिएँ। नागार्जुन निवासमा बस्ने अनुमति सरकारको निर्णयअनुसार मात्रै भएको हो। सरकारले चाहे तुरुन्तै हटाउन सक्छ।”

सिटौलाले पूर्वराजाको विषयमा अनावश्यक बहस गर्नु आवश्यक नरहेको भन्दै, १५-२० हजार मानिस सडकमा उत्रिँदैमा ठूलो विषय नबन्ने तर्क गरे।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com