काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि गणतन्त्रको जग हल्लिएको प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पत्र पोष्ट गर्दै लेखेका छन्- ‘गणतन्त्रको जग हल्लिएछ : गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्यो ।’

advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com