काठमाडौं । नेपाल जेसीज क्षेत्र ‘ग’ को आयोजनामा रंगहरुको विशेष पर्व ‘होलि मिलन कार्यक्रम’ हिल्टन फिट्नेस दिब्यश्वरी प्लानिङ भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल जेसीज बर्ष २०२५ काे राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कृष्ण सापकोटा तथा राष्ट्रिय उपाध्यक्ष जेसी दिपक अधिकारी,बर्ष २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी जीवन कार्की , बर्ष २०२२ राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं बालकोट जेसीजका संस्थापक अध्यक्ष जेसी रमा प्याकुरेलको उपस्थिती रहेको थियो।

advertisement

कार्यक्रममा निमन्त्रणा ईमाडोल जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष जेसी सिर्जना श्रेष्ठले गरेकी थिईन भने बालकोट जेसीज बर्ष २०२५ का शाखा अध्यक्ष जेसी बिनय अधिकारी र गोदावरी जेसीजका शाखा अध्यक्ष जेसी अनुप आचार्य मुख्य सल्लाहकार रहेका थिए ।

नेपाल जेसीज क्षेत्र “ग” का ३८ शाखाका अधिकांश शाखा अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा होली मिलन कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति: २९ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com