काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’लाई बन्द गरिदिएका छन्। सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ।

यो समाचार संस्थाले ट्रम्प विरोधी र उग्र गतिविधि गरिरहेको आरोप लगाइएको छ। ट्याक्सबाट चल्ने संस्थाहरू कट्टरपन्थी प्रचारका लागि जिम्मेवार नहुने ट्रम्प प्रशासनको भनाइ छ।

advertisement

दोस्रो विश्वयुद्धका बेला सन् १९४२ मा अमेरिकाले रेडियो सेवामार्फत भ्वाइस अफ अमेरिकाको सुरुवात गरेको थियो। उक्त संस्थामा १ हजार ३ सय कर्मचारीहरू रहेको बताइएको छ। उनीहरू सबैलाई काज बिदामा पठाइएको भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले बताएका छन्।

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com