काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारकै कारण नेपालमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।
प्रचण्डले नेपालमा गणतन्त्र स्थापनाको प्रमुख कारण तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका रहेको बताउँदै उनलाई ‘भिलेन’ को संज्ञा दिएका थिए। यसै सन्दर्भमा शाहीले प्रचण्डकै कारण गणतन्त्र संकटमा परेको टिप्पणी गरेका छन्।
शाहीले प्रचण्डलाई लक्षित गर्दै भने, “पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डज्यूले राजाका कारण गणतन्त्र आयो भन्नुभएको छ। अब तपाईं र तपाईंको परिवारकै कारण यो ‘लाखौं छोटे राजा मिलेर देश लुट्ने लुटतन्त्र’ (गणतन्त्र) को अन्त हुनेछ।”
प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार













प्रतिक्रिया