काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नेपालमा स्थापित गणतन्त्र र सङ्घीयता कुनै हल्लाले हट्न नसक्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले गणतन्त्र कुनै पनि परिस्थितिमा समाप्त नहुने दाबी गरे।

advertisement

उनले परिवर्तनलाई अवस्था विशेषका भावनात्मक बहसहरूले कमजोर पार्न नसक्ने उल्लेख गर्दै भने, “परिवर्तन उल्टिन्छ कि भन्ने त्रास सधैं देखिन्छ। गणतन्त्र गुम्छ कि भन्ने डर पनि गणतन्त्र स्थापनाको पहिलो दिनदेखि उठ्दै आएको हो। तर, हामीले भोगेको विगत सम्झनुपर्छ। राजतन्त्रको समयमा राजा विरुद्ध बोल्न पाइँदैनथ्यो, संसद्मा प्रश्न उठाउन रोक लगाइन्थ्यो। सत्ता र शासन पूर्ण रूपमा राजदरबारको नियन्त्रणमा थियो। त्यही अवस्थामा वीरेन्द्रको वंश समाप्त भयो। यदि त्यतिबेला राजालाई संसद् मातहत राखेको भए, सायद त्यस्तो घटना घट्ने थिएन होला।”

सिटौलाले गणतन्त्रपछि जनताले प्राप्त गरेको स्वतन्त्रतालाई विशेष रूपमा उल्लेख गरे। “परिवर्तनपछि नागरिकले आफ्नो विचार व्यक्त गर्ने, स्वतन्त्रता उपभोग गर्ने अवसर प्राप्त गरेका छन्। अघिल्लो अवस्था कस्तो थियो, अहिले के छ, हामीले तुलना गर्नुपर्छ।”

उनको भनाइअनुसार, गणतन्त्र कुनै व्यक्तिको वा कुनै एक दलको सम्पत्ति होइन, यो जनताको व्यवस्था हो, जसलाई हटाउने प्रयास केवल भ्रम मात्र हुनेछ।

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com