काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास निर्माणका योजना समयमा, तोकिएको लागतमा र गुणस्तरीय रूपमा सम्पन्न नहुनु अहिलेको गम्भीर चुनौती रहेको बताएका छन्।
सोमबार पार्टीनिकट निर्माण व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय विकासका लागि सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। निर्माण व्यवसायीहरूको हकहित रक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्ने देउवाको प्रतिबद्धता छ।
सभापति देउवाले हाल निर्माण सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित बनिरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। मूल्यवृद्धि नियन्त्रण तथा व्यवसाय प्रवद्र्धनका लागि कांग्रेसले प्रभावकारी पहल गर्ने उनको भनाइ थियो।
“निर्माण सामग्रीको मूल्यवृद्धि, व्यवसायीहरूका लागि उपयुक्त वातावरणको अभाव जस्ता विषयहरू गम्भीर चिन्ताका विषय बनेका छन्। यी समस्याको समाधानका लागि पार्टीको तर्फबाट सक्दो पहल गरिनेछ, म स्वयं यसमा प्रतिबद्ध रहनेछु,” सभापति देउवाले भने।
प्रकाशित मिति: १० चैत्र २०८१, सोमबार













प्रतिक्रिया