काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई कसैले हटाउन नसक्ने दाबी गरेका छन्।

advertisement

शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखे।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने कुनै सम्भावना नभएको दोहोर्‍याए।

“हिजो काठमाडौंमा जुन अराजक गतिविधि भयो, त्यो पूर्वराजाको नाममा गरिएको हो। देशमा अशान्ति मच्चाउने प्रयास भइरहेका छन्। तर, प्रस्ट भन्नुपर्छ— अहिले ज्ञानेन्द्र शाह यस्तो गर्छन् भने, राजा भए के गर्लान्?” देउवाले भने।

उनले थपे, “यी पूर्वराजा कहिल्यै संवैधानिक राजा भएका छैनन्, न भविष्यमा बन्न सक्छन्।”

देउवाले मुलुकलाई पछाडि फर्काउने कुनै पनि प्रयास सफल नहुने बताउँदै लोकतान्त्रिक मूल्य र गणतन्त्रको रक्षा सबैको दायित्व रहेको उल्लेख गरे।

प्रकाशित मिति: १५ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com