काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी केही वर्षभित्र देशका विभिन्न डाँडाहरूबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने सम्भावना निर्माण गर्न सकिने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले विगतमा कीर्तिपुरको डाँडालाई लिएर दिएको अभिव्यक्तिमाथि ट्रोल र मिमहरू बनेको उल्लेख गरे।

advertisement

“म अझै पनि विश्वस्त छु, आगामी ८ देखि १० वर्षभित्र कीर्तिपुरको डाँडामात्र होइन, यस्ता थुप्रै डाँडाहरूबाट साथिहरूले दुई/चार लाख रुपैयाँ कमाउन सक्ने अवस्था हामीले तयार पार्न सक्छौं,” थापाले भने।

उनको भनाइमा, नेपालको भौगोलिक बनावट र सम्भावनाहरूलाई सदुपयोग गर्न सकियो भने पहाडी तथा डाँडागाउँहरू समेत रोजगारी र आम्दानीको स्रोत बन्न सक्छन्।

प्रकाशित मिति: २२ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com