काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको निर्णयलाई सम्मान गर्ने जनाउँदै कानुनी प्रक्रियाबाट न्याय खोज्ने बताएका छन्। आज कारागार चलान हुनु अघि पत्रकारहरूसँग कुरा गर्दै उनले तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा जाने तयारी रहेको स्पष्ट पारे।

advertisement

रविले दृढ विश्वास व्यक्त गर्दै भने, “न्यायको मन्दिरबाट अन्याय हुन सक्दैन भन्ने मलाई विश्वास छ। उठाइएका शंकाहरू निराधार सावित हुनेछन्।”

आफ्नो दलप्रति प्रतिबद्धता जनाउँदै उनले कार्यकर्तालाई अभियान कमजोर नपार्न आग्रह गरे। “पार्टी एकताबद्ध राख्नुस्, अभियानलाई अझ सशक्त बनाउनुहोस्। सक्नुहुन्छ भने अघि बढाउनुहोस्, नसके पनि घटाउनु मात्रै छैन। जनताको बीचमा हाम्रो अभियान पुर्याउनुहोस्,” उनले अनुरोध गरे।

रविले आफूविरुद्ध राजनीतिक प्रतिशोध लिइएको आरोप पनि लगाए। “यो एउटा परीक्षा हो, र म यसमा पहिलो विद्यार्थी बनेको छु। अब पालो सबैको आउँछ। जसरी मैले परीक्षा दिइरहेछु, त्यसैगरी अरूले पनि दिनुपर्ने हुन्छ,” उनले चुनौतीपूर्ण लहजामा भने।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com