काठमाडौं । गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् । उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलन नै समाप्त पारिएको स्मरण गराउँदै उनले त्यसकारण आफू जोगिएर बसिरहेको बताएका छन् ।

‘मेरा वकिलहरु ध्रुबलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशिल पन्त, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, डा.भीमार्जुन आचार्य र मानवअधिकारवादीको रोहबरमा हो भने म २४ घण्टाभित्र उपस्थित हुन तयार छु,’– उनले भनेका छन् ।

advertisement

साथै, तीनकुनेको हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु भएको दुई जनाको परिवारलाई पाँच/पाँच लाख आर्थिक सहयोग गर्ने पनि उनले बताएका छन् ।

आफ्नो जीवनको ग्यारेन्टी गर्ने हो भने आफू उपस्थित हुन तयार रहेको उनले बताएका छन् । सो दिन आमसभामा आफू स्टेजमा पुग्न नपाउँदै प्रहरी प्रशासनले आन्दोलन भड्काएर उग्र बनाएको उनको आरोप छ ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com