बाजुरा । बुढीगंगा नगरपालिका-१ कुँडीमा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ ।

बुधबार राति ९ बजेको समयमा चट्याङ लागेर सञ्जिता सार्कीकी ९ महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

advertisement

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर अन्दाजी २८ वर्षकी सञ्जिता घाइते भएकाे प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com