बुटवल । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चोरी–लुटपाट र तोडफोडलाई क्रान्ति भन्नु गलत भएको बताएका छन्।
शुक्रवार बुटवलमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिगमनको हल्ला फैलाउनेहरूले अलिअलि मानिस भेला भएको देखेपछि आफैंलाई क्रान्तिकारी ठान्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति कडा आलोचना गरे।
“प्रतिगमनका हल्ला मच्चाउनेहरू केही मान्छे भेला भएपछिमात्रै उत्साहित हुन्छन्। अनि भन्छन्— क्रान्ति भयो! के हो त क्रान्ति? कसैको घरमा आगो लगाउनु, निर्दोष मानिस मार्नु, पसल लुट्नु, तोडफोड गर्नु, ढुंगा हान्नु— यी नै त हुन् तिनीहरूको क्रान्ति?”, उनले प्रश्न गर्दै भने, “वियरको बोतल बोकेर भाग्ने, ह्विस्की चोरेर हिँड्नेहरू क्रान्तिकारी हुन्छन्? समाजमा परिवर्तन ल्याउने दायित्व त्यही शैलीबाट पूरा हुन्छ?”
प्रधानमन्त्री ओलीले यस्ता गतिविधिहरूलाई क्रान्तिका नाममा उपद्रव र अराजकता मात्रै भन्दै त्यसको जिम्मेवारी कसैले त लिनु पर्ने धारणा राखे। “यस्तो उपद्रवको जिम्मा कोहीले पनि नलिने? समाजमा अशान्ति मच्चाउनेहरूलाई रोक्न नपर्ने?”, उनले प्रष्ट पारे।
प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार













प्रतिक्रिया