काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो।

दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
प्रशासनले वीरगन्ज महानगरभित्रका ४ क्षेत्रमा कर्फ्यू लगाएको उनले बताए।

advertisement

उनका अनुसार पूर्वमा भेडियानी चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोक तोकेर कर्फ्यू लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अुनुसार दुई धार्मिक समूहबीच झडप भएपछि शनिबार दिउँसो स्थिति तनावग्रस्त बनेको थियो।

शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा आयोजना गरिएको थियो। झन्डै १५ हजार मानिसहरू शान्तिपूर्ण ढंगले शोभा यात्र गरिरहेकाहरू वीरगन्ज महानगरपालिका-२ श्रीराम हलनजिक जामा मस्जिदअगाडि पुगेपछि भड्किएका थिए।

प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com