काठमाडौं । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–६ का १५ वर्षीय राजेश कुमालको सिस्तुङमा रहेको छल्दी खोलामा नुहाउने क्रममा डुबेर हिजो ज्यान गएको प्रहरीले जानकारी दिएको हो।

खोलामा नुहाउन भनेर गएका कुमाल पानीमा डुबेको थाहा पाएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

advertisement

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com