काठमाडौं – नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीका महामन्त्री गगनकुमार थापाप्रति तीव्र व्यङ्ग्य गर्दै प्रधानमन्त्रीको शयनकक्षसम्म विचौलियाको पहुँच पुगेको कुरा उनले दर्जनौँ नियुक्ति गराइसकेपछि मात्रै थाहा पाएको टिप्पणी गरेका छन्।

पार्टीको एक कार्यक्रममा महामन्त्री थापाले अहिलेको आर्थिक समस्याको मूल कारण विचौलिया रहेको बताएका थिए। उनले प्रधानमन्त्रीको नाम नलिईकन भने, “विचौलियाको पहुँच अब प्रधानमन्त्रीको बेडरूमसम्म पुगेको छ, मलाई यो अहिलेसम्म थाहा थिएन।”

advertisement

यसै अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै नेता कार्कीले कटाक्ष गर्दै भने, “दिनरात नभनी १६–१६ घण्टा बलुवाटारमै बसेर सरकारको ‘केमेस्ट्री’ मिलाउने व्यक्ति जब आफैंले एक दर्जनभन्दा बढी नियुक्ति गराएपछि मात्रै प्रधानमन्त्रीको शयनकक्षमा विचौलिया पुगेको देख्छन् भने त्यो टिप्पणी आफैँमा विडम्बनापूर्ण छ।”

महामन्त्री थापा हाल सरकार सञ्चालनका लागि बनेको दुई दलीय संयन्त्रको हिस्सा छन्। सत्ता साझेदारी भएको करिब आठ महिनासम्म मौन रहँदै आएका थापा पछिल्लो समय सरकारविरुद्ध कडा आलोचना गर्न थालेका छन्।

प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com