काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिने निर्णय गरेकी छन्। आज (बिहीबार) बस्न लागेको पार्टी बैठकअघि उनले सचिवालयलाई आफ्नो राजीनामाबारे जानकारी गराउने तयारी गरेकी हुन्।

पार्टी स्रोतका अनुसार श्रेष्ठले यसअघि चैत १७ गते नै राजीनामा दिन चाहेकि थिइन्। त्यही दिन रवि लामिछाने पुनः रास्वपाको सभापति पदमा फर्किएका थिए। हाल लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको अभियोगमा कारागारमा छन्।

advertisement

अहिले पुन: श्रेष्ठले आफ्नो पदबाट हट्ने निर्णयलाई औपचारिक बनाउने तयारी गरेकी छन्। केही समयमा उनले पार्टीको आन्तरिक संवाद समूहमा राजीनामाको जानकारी दिने बताइएको छ।

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com