काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई सरकार ढाल्ने कुराको कुनै हतारो नरहेको बताएका छन् । आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकार चाहिएर भन्दा पनि नेपाली जनताले दुःख पाएको देखेर मात्रै आफूहरुले अहिले खबरदारी गरिरहेको बताएका हुन् ।

उनले वर्तमान सरकार दुई तिहाइको नभएर षड्यन्त्रको सरकार रहेको टिप्पणी गरे । ‘नेपाली जनताले दुःख त पाएका छन् । तर, हामीलाई सरकार चाहिएर खबरदारी गरेका होइनौँ । यो दुई तिहाइको सरकार होइन, षडयन्त्रको सरकार हो । संविधान मिचिएको सरकार हो,’– उनले भने ।

advertisement

साथै, प्रचण्डले आफूले राजनीतिक विश्लेषणको आधारमा यो सरकार २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेका पनि बताए । आफूसँग कांग्रेस–एमालेकै नेताहरुले यो सरकार लामो समयसम्म टिक्ने स्थिति छैन भनेर सुनाएको पनि प्रचण्डको दाबी छ । ‘यो सरकार मैले नयाँ वर्ष २०८२ सम्म रहने आधार छैन र रहँदैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो । नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार जाने स्थिति छैन भनेको हो,’– प्रचण्डले भने

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com