काठमाडौैं । बाल यौन दुरुपयोगको आरोप लागेको तपस्वी रामबहादुर बम्जनले उच्च अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत सर्लाहीबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका बम्जनलाई उच्च अदालत, जनकपुरले गत चैत ६ गते सफाइ दिएको पाइएको छ । उच्च अदालतको आदेशसँग उनी रिहा भइसकेको बताइएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला बदर गरेको थियो । आश्रममा आनी बनेर बसेकी ती बालिकालाई बम्जनले ललाई फकाई प्रलोभनमा पारेर यौन शोषण गरेको आरोप थियो ।

advertisement

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com