काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपालको परराष्ट्रमन्त्री भनेपछि आफूलाई जुन देशमा जाँदापनि ठूलो इज्जत मिलेको बताएकी छिन् । बिहीबार राष्ट्रियसभा गृहमा युथ एलायन्स फर डिभलपमेन्टद्धारा आयोजित ‘सात प्रदेशको चित्र एउटै क्यानभासभित्र’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफू जुन देश र जहाँ जाँदा पनि नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत पाएको सुनाईन् । यसरी इज्जत पाउनुमा अङ्ग्रेजी आएर अनि कपाल–सपाल बनाएको भएर नभई नेपालको परराष्ट्रमन्त्री भएकै कारणले सम्मान पाएको स्पष्ट पारिन् ।
देश बन्दैन भनेर नकारात्मक कुरा बढि भएको देख्दा आफूलाई पनि दिक्क लागेको उनको भनाई छ ।

advertisement

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com