काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अब देशभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ गठन गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले मुलुकभरिका परिवर्तन चाहने नागरिकलाई अभियानमा जोडिन आग्रह गरेका हुन्। राईले आफूले बोकेको सोच, दृष्टिकोण र क्रियाकलापप्रति विश्वास राख्ने सबैलाई यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

advertisement

“अब हामी सम्पूर्ण देशभर ‘हर्क साम्पाङ अ रिभोलुसन टीम’ निर्माण गर्नेछौं। जो–जोले मलाई मन पराउनुहुन्छ, मेरो सोच र कार्यशैलीमा विश्वास गर्नुहुन्छ, सबैजनालाई म यो अभियानमा स्वागत गर्न चाहन्छु,” उनले लेखेका छन्।

आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पार्दै उनले भनेका छन्, “अब नेतृत्व म दिन्छु। अरूको वशको कुरा होइन यो। देशप्रति साँचो माया गर्नेहरू जुट्नुस्, अब परिवर्तनको लहर फैलाउँछौं।”

हर्क साम्पाङले स्थानीय तहमा देखाएको क्रियाशीलता र जनसमर्पणका कारण सामाजिक सञ्जालमा निकै लोकप्रियता कमाएका छन्। अब अहिले उनले आफ्ना विचारहरूलाई राष्ट्रिय तहमा विस्तार गर्दै अभियानको रुप दिन खोजेका छन्।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com