काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर नयाँ मूल्य एक लाख ८९ हजार ८०० रुपैयाँ तोकिएको छ।
हिजो (बिहीबार) सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य भने स्थिर नै छ। बिहीबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया