काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित प्रादेशिक आपतकालीन सामग्री भण्डारण केन्द्र हस्तान्तरण समारोहमा बोल्दै उनले वर्तमान संविधान र लोकतान्त्रिक संघीय व्यवस्थाको रक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताए।
“पूर्वराजाका नाममा वा कुनै समूहको नाममा संविधान र व्यवस्थामाथि हमला गर्नु कुनै हालतमा क्षम्य हुँदैन,” गृहमन्त्री लेखकले जोड दिए।
संविधानमा समयानुकूल सानातिना संशोधन हुन सक्ने भए पनि त्यो प्रक्रिया सहमति र लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्ने उनको भनाइ छ।
“संशोधन सम्भव छ, हामी त्यसका लागि तयार छौं,” उनले भने, “तर त्यसको उद्देश्य लोकतान्त्रिक संघीयता प्रणालीलाई अझ बलियो बनाउनु हो, नकि व्यवस्था पछाडि फर्कनु।”
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया