काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी विचार राख्ने दल, अभियान र समूहले सञ्चालन गर्ने कार्यक्रमलाई समर्थन गर्ने भएपनि  ती दल, अभियान वा समूहका समितिमा सक्रिय भएर काम गर्ने राप्रपा नेताहरूको पद स्वतः खारेज हुने निर्णय गरेको छ।  यो निर्णयपछि पार्टीका कतिपय नेताहरूले आलोचना गरेका छन्।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ मा सक्रिय थिए। मिश्र उक्त समितिको सदस्य सचिव थिए भने राणा आन्दोलन परिचालन समितिका प्रमुख थिए।

advertisement

राप्रपाले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस निर्णयबारे जानकारी दिँदै एक विज्ञप्ति सार्वजनिक गरेको छ, जसमा भनिएको छ, “राष्ट्रवादी विचार राख्ने दल, अभियान र समूहले सञ्चालन गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने छ, तर ती दल वा समूहको कार्यसमितिमा सक्रिय भएर काम गरेमा  पार्टीका पदहरू स्वतः खारेज हुनेछन्।”

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले यस निर्णयका बारेमा थप जानकारी दिँदै भने, “पार्टीको कुनै पदमा रहेको नेता यदि अन्य दल, अभियान वा समूहको कार्यसमितिमा सदस्य भएर काम गरे भने, उनको पद स्वतः राप्रपामा खारेज हुने प्रावधान पहिले नै बनाइएको थियो, र यसलाई सबै कार्यसमितिलाई पुनः जानकारी गराइने निर्णय गरिएको हो।”

यस निर्णयले वरिष्ठ नेताहरू मिश्र र राणाको भविष्यमा कुनै प्रभाव पार्ने हो कि भन्ने विषयमा पार्टीभित्र चासो र जिज्ञासा बढेको छ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com