काठमाडौँ  — रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको हो । रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकोमा, निर्वाचन स्थगित गरिएको थियो ।

उच्च अदालत पाटनको आदेशमा भनिएको छ, “मिति २०८१/१२/१६ मा हुने गरी तोकिएको निर्वाचन सो मितिमा नगरी स्थगित गरिएको थियो । विभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) अनुसार १५ दिनभित्र निर्वाचन गर्नुपर्ने थियो, तर निर्वाचन मिति तोकिएको देखिएन ।

advertisement

त्यसकारण, मिति २०८१/१२/१८ मा गरिएको निर्णय कार्यान्वयन नगर्नु र यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोकी निर्वाचन सम्बन्धी कार्य गर्नु गराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ यमोजिम अन्तरिम आदेश जारी गरिएको हो । आदेशको सूचना विपक्षीहरुलाई उपलब्ध गराउन भनिएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com