काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको प्रशंसा गर्दै उहाँलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रबल सम्भावना भएको व्यक्ति बताएका छन् । सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मन्त्री राणाको राजनैतिक क्षमता, नेतृत्वदक्षता र कूटनीतिक कौशलको खुलेर प्रशंसा गरे। उक्त कार्यक्रममा मन्त्री राणा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा बोल्दै बस्नेतले पछिल्लो समयमा महिलाहरूको राज्य सञ्चालनमा सक्रिय तथा निर्णायक भूमिका रहँदै आएको उल्लेख गरेका छन ।
उनले महिलाहरूको प्रमुख न्यायाधीश, प्रतिनिधि सभाको सभामुख जस्ता उच्च पदमा सफलतापूर्वक नेतृत्व गरिसकेको स्मरण गराएका छन । डा. राणाको राजनीतिक यात्रा र समर्पणको चर्चा गर्दै उनले भने, “उहाँमा नेतृत्व गर्ने क्षमता, दृष्टिकोण र निर्णायकता छ। उहाँ नेपाली कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य हुनुहुन्छ। परराष्ट्रमन्त्रीको रूपमा नेपालको हितमा निर्भीक अभिव्यक्ति दिन सक्ने क्षमता उहाँमा छ।
यिनै गुणले गर्दा भविष्यमा उहाँ नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने पूरै सम्भावना देखिन्छ । ” बस्नेतले थपे, “हामी उहाँको राजनीतिक यात्रामा शुभकामना मात्रै होइन, हरेक पाइलामा साथ दिन तयार छौं । ” यसरी सांसद बस्नेतको यो अभिव्यक्तिले नेपाली राजनीतिमा डा.आरजु राणा देउवाको सम्भावित नेतृत्वबारे नयाँ चर्चा सुरु गरिदिएका छन ।
प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया