काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा सन्तोष कुमार सिलवाल पक्राउ परेका छन्। उनी सन्तोष राजावादीका नामले चिनिन्छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले उनलाई गएराति कोटेश्वरको महादेवस्थानस्थित एक आफन्तको घरबाट नियन्त्रणमा लिएको हो।

३४ वर्षीय सिलवाललाई पक्राउ गरेलगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। सिलवालले हिजो (बिहीबार) मात्रै तिनकुने घटनाको विषयमा पत्रकारसम्मेलन गरी घटनाबारे जानकारी गराएका थिए।

advertisement

तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा हिंसात्मक हुनुमा प्रहरीको ज्याजदी र उच्च अनावश्यक बल प्रयोग भएको उनले पत्रकार सम्मेलनमा बताएका थिए।

तर, प्रहरीका अनुसार उनी निषेधित क्षेत्र तोड्न खोज्ने समूहमा अग्रपंक्तिमा थिए र उक्त घटनामा सक्रिय भूमिका खेलेको प्रहरीको भनाई छ।

त्यस प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना र आगोबाट एकजना पत्रकारको ज्यान गएको थियो। प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, निजी भवन, पार्टी कार्यालय तथा सपिङ कम्प्लेक्सहरुमा तोडफोड, आगजनी र लुटपाट जस्ता घटनाहरू पनि घटेका थिए।

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com