काठमाडौं — नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पहिचानवादीहरु र नो केबलकार समूहले शौचालयभित्र थुनिदिएका छन् । कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईविरुद्ध पहिचानवादी र नो केबलकार समूहले नाराबाजी गर्दै उनी शौचालय गएको बेलामा घेरेर भित्रै थुनिदिएका हुन् । नो केबलकार समूह र पहिचानवादीहरुले एमाले सचिव भट्टराईविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को शौचालयमा छिरेका भट्टराई र्विरुद्ध नाराबाजी गर्दै पहिचानवादी र नो केबलकार समूहले घेरेका थिए । पहिचानवादी र नो केबलकार समूहले नाराबाजीसहित भट्टराईलाई घेरेपछि प्रहरीले सुरक्षा दिएको थियो । सो क्रममा भट्टराईलाई केही समय शौचालयमै बस्नु परेको थियो । भट्टराईलाई प्रहरीले हेलिकोप्टरमार्फत् काठमाडौं पठाइसकेको छ ।

advertisement

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com