काठमाडौं — संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी २०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुने ठोकुवा गरेका छन् ।

शनिबार राजधानी काठमाडौंमा आयोजित “पृथ्वी पथको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले गणतन्त्रको अन्त्य अवश्यंभावी रहेको दाबी गरे। उनले भने, “हामीकहाँ मान्यता छ , जसरी मानिसको मृत्यु उसको जन्म मिति अनुसार हुन्छ, त्यसरी नै गणतन्त्रको अन्त्य पनि त्यसकै घोषणा गरिएको मितिमा हुनेछ । गणतन्त्र घोषणा भएको मिति के हो? जेठ १५ गते , त्यसैले यही मितिमा यसको अन्त्य पनि हुनेछ । ”

advertisement

गुरुङले छिमेकी भारतमा समेत नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना हुने चर्चा चलिरहेको दाबी गरे । “नेपालमा राजतन्त्र फर्किंदैछ भन्ने कुरा अहिले ९९ प्रतिशत मिडियामा छाएको छ,” उनले भने, “पूर्व सेनाध्यक्षहरूको अन्तर्वार्ता खुलेर आइरहेका छन्। यस्तो अवस्था हेर्दा असम्भव भन्ने केही छैन।”

प्रकाशित मिति: ६ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com